नेपाल क्रिकेट संघ (क्यान) ले सचिव अशोकनाथ प्याकुर्याल र उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । असोज २० र २१ गते बसेको कार्य समिति बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै, क्यानले प्रशान्त विक्रम मल्ललाई १० दिनको लागि कार्यकारी सचिवको रूपमा नियुक्त गरेको छ । गत बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सचिव प्याकुर्याल र उपाध्यक्ष श्रेष्ठले राजीनामा घोषणा गरेका थिए ।
प्याकुर्यालले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र त्यसमा सफल भएपछि पुरानो योजनाअनुसार राजीनामा दिएको बताएका थिए ।
बैठकले क्यानको वार्षिक साधारण सभा १५ डिसेम्बरमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।