माधव नेपालको असन्तुष्टिपछि बागमती र प्रदेश १ को मुख्यमन्त्री दिने गठबन्धनमा सहमति

सत्तारुढ गठबन्धनभित्र कम मन्त्रालय पाएको भन्दै असन्तुष्ट भएको नेकपा एकीकृत समाजवादीलाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको छ । 

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेपाल समूहलाई बागमती र प्रदेश १ को मुख्यमन्त्री दिनेगरी सहमति भएको हो । यी दुई प्रदेशमा अहिले एमालेको सरकार छ । 

यद्यपि, दुवै प्रदेशका मुख्यमन्त्रीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनुपर्ने बाध्यतामा रहेका बागमती मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई अल्पमतमा छन् । 

संघीय सरकारमा पाउने भनिएको मन्त्री नपाएपछि त्यसको क्षतिपूर्तिस्वरुप दुई मुख्यमन्त्री दिने सहमति भएको बालुवाटार निकट स्रोतले जानकारी दियो । 

बालुवाटार बैठकमा आफ्ना कुरा राखेर माधव नेपाल बाहिरिसकेका छन् । अहिले पनि बालुवाटारमा अन्य नेताबीच वार्ता जारी छ ।





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १७:२६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया