श्रीलंकासँग गोलरहित बराबरीमा रोकियो भारत

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध पनि भारतले गोलरहित बराबरी सकिएको छ ।

आज भएको खेलमा दुवै टोलीले एक गोल पनि गर्न सकेनन् । श्रीलंकाविरुद्ध गोल गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेन । पहिलो खेलमा बंगलादेशविरुद्ध भारतले १–१ को बराबरी खेलेको थियो । 

भारतले अब आफ्नो तेस्रो खेलमा १० अक्टोबरमा नेपालसँग खेल्नेछ । श्रीलंकाले भने यसअघि खेलेका दुई म्याचमा लगातार हारको सामना गरेको थियो । भारतविरुद्ध भने उसले गोलरहित बराबरी खेल्न सफल भयो ।

नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ ।





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार १८:५५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया