स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई

सत्तारुढ गठबन्धनबीच मन्त्रालयहरुको भागवण्डा टुंगिएको छ । आज बसेको बैठकले भागवण्डा टुंग्याएको हो । कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे भागवण्डा टुंगाएपछि अब स्वास्थ्य मन्त्रालयको जिम्मेवारी नेकपा एकीकृत समाजवादीले पाउने भएको छ ।

यसअघि यो मन्त्रालय नेपाली कांग्रेसले राख्ने तयारी गरेको थियो ।

तर, नेकपा एकीकृत समाजवादीका नेताहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफूले पाउनु पर्ने माग गरेका थिए ।

अब माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले स्वास्थ्यसँगै सहरी विकास, सँस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन र श्रम तथा रोजगार मन्त्रालय पाउने टुंगो लागेको हो । 

मन्त्रालयको भागवण्डा टुंगिएकाले सरकारले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार २१:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया