प्रदेश १ र बागमतीमा मुख्यमन्त्री बन्दैछन् दुई राजेन्द्र

सत्तारुढ दलहरुबीच भएको सहमतिअनुसार अब प्रदेश १ र बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री आउने छन् । यी दुवै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु मुख्यमन्त्री बन्दै छन् ।

सत्तारुढ दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुवै प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी एकीकृत समाजवादीले पाउने तय भएको हो । 

यस्तो भएको खण्डमा अब दुवै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र राई र राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन् ।

प्रदेश १ मा यसअघि नै राजेन्द्र राईले मुख्यमन्त्री बन्ने तयारी गरिसकेका थिए । त्यस्तै, बागमती प्रदेशमा राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् ।

अहिले दुवै प्रदेशमा नेकपा एमालेका नेताहरुले सरकार चलाइरहेका छन् । प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएको लामो समय भएको छैन । शाक्य २ भदौमा बागमतीकी मुख्यमन्त्री र प्रदेश १ मा १० भदौमा आचार्य मुख्यमन्त्री भएका थिए ।

९ भदौमा एमाले विभाजन भएसँगै यी दुवै मुख्यमन्त्री अल्पमतमा परेका छन् ।





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार २१:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया