पौडेल पक्षलाई दुई मन्त्री : मीनेन्द्रलाई रक्षा दिलेन्द्रलाई कानुन

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टी नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षलाई दुई मन्त्रालय दिने भएका छन् । 

पौडेल पक्षले तीन मन्त्रालय मागे पनि सत्ता गठबन्धनमा भागबन्डा मिलाउन नसकेको भन्दै देउवाले दुई मन्त्रालय मात्रै दिएका हुन् । 

पौडेल पक्षबाट मन्त्रीमा दिलेन्द्रप्रसाद बडू र डा. मीनेन्द्र रिजालको नाम लगभग टुंगो लागिसकेको छ । जसअनुसार बडूलाई कानुन मन्त्रालय र रिजाललाई रक्षाको जिम्मेवारी दिने तयारी छ । अहिलेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्रीमा लगिने बालुवाटार स्रोतले जानकारी दिएको छ ।    

यसअघि आफ्नो समूहबाट देउवाले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरिसकेका छन् । उनले बालकृष्ण खाणलाई गृह, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, डा. नारायण खड्कालाई परराष्ट्र र उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाइसकेका छन् ।  





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार २१:१३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया