कोरोना संक्रमण भएपछि महामन्त्री घोषणा केही पछि सारे प्रदीप पौडेलले
फरकधार / २१ असोज, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री घोषणा यही साता गर्ने तयारी गरेका थिए । 



तर, पौडेललाई कोरोना संक्रमण पुष्टि भएपछि केही सातापछि मात्र उनले महामन्त्री पदमा आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गर्ने भएका छन् ।



पछिल्लो समय नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विवाद छानबिनमा लागेका पौडेललाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।



बिहीबार स्वास्थ्य परीक्षण गर्दा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो । केही दिन यता शरीर दुख्ने र ज्वरो आएपछि उनले कोरोना परीक्षण गराएका थिए ।



कोरोना पोजेटिभ आए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 





  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार २१:२३:१०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया