थप आठ सय पाँचजनामा कोरोना संक्रमण, ८ को मृत्यु

बिहीबार नेपालमा थप आठ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ७२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

७ हजार २ सय ६४ जनाको पिसिआर परीक्षण र तीन हजार ४ सय ८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ।

यसैगरी कोरोनाबाट निको हुनेको दर ९६.६ प्रतिशत छ। पछिल्लो २४ घण्टामा ९११ जना निको भएको मन्त्रालयले जनाएको छ। 

नेपालमा हाल १५ हजार ९४२  जना सक्रिय संक्रमित छन्।



त्यस्तै, काठमाडौंमा दुई सय ७ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ जना गरी उपत्यकामा थप २ सय ९४ जना संक्रमित थपिएका छन्।



  • प्रकाशित मिति : असोज २१, २०७८ बिहीबार २१:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया