इंग्लिस क्लब न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गरेको छ । यो कोषले ३०० मिलियन पाउण्डमा क्लबको स्वामित्व खरिद गरेको हो ।
झन्डै डेढ वर्षको प्रयासपछि साउदी कोषले टोलीको खरिद प्रक्रिया पूरा गरेको हो । साउदीको सरकारले क्लब संचालन कार्यमा कुनै हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएपछि प्रक्रियाले पूर्णता पायो।
दुवै पक्षबाट कागजी प्रक्रिया सकिएको र खरिद रकमसमेत चुक्ता भइसकेको अवस्थामा प्रिमियर लिगले भने निर्णय गर्न सकेको थिएन । डेढ वर्ष चलेको अध्ययनपछि लिगले औपचारिक निर्णय गरेको छ ।
साउदीले क्लबको ८० प्रतिशत स्वामित्व खरिद गरेको हो भने बाँकी २० प्रतिशत आमान्डा स्टेभेली र रुबेन परिवारको नाममा छ ।
साउदीको लगानीसँगै अब ट्रान्सफर बजारमा न्युकासल आक्रामक रूपमा आउने अपेक्षा गरिएको छ ।
कोषको बजार भाउ ३२० बिलियन पाउण्ड छ । योसँगै न्युकासल विश्वकै सबैभन्दा धनी क्लब मालिक भएको क्लब बनेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।