विश्वकप छनोटमा ब्राजिलको विजयी यात्रा कायमै, भेनेजुएला पराजित

सन् २०२२ मा कतारमा हुने विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले विजयी यात्रा कायमै राखेको छ । शुक्रबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–१ को जित निकालेको हो । 

ब्राजिलको जितमा खेलको ७१ औं मिनेटमा माकर््िवनओस, ८५ औं मिनेटमा बार्बाडोस र दोस्रो हाफको अतिरिक्त समयमा एन्टोनीले गोल गरे । 

खेलमा अग्रता भने भेनेजुएलाले लिएको थियो । खेलको ११ औं मिनेटमा रामिरेजले गोल गर्दै अग्रता दिलाएका थिए । तर भेनेजुएलाले अन्तिम २० मिनेटमा ३ गोल खान पुग्यो । 

यो जितसँगै ब्राजिल ९ खेलबाट २७ अंकसहित छनोटको शीर्ष स्थानमा छ । 

शुक्रबार बिहान नै भएको खेलमा इक्वेडरले बोलिभियालाई ३–० ले हराएको छ । इक्वेडरको जितमा इनर भ्यालेन्सियाले २ तथा इस्ट्राडाले १ गोल गरे ।

यो जितपछि इक्वेटर दक्षिण अमेरिकी छनोटको तेस्रो स्थानमा उक्लिएको छ भने बोलिभिया ६ अंकसहित नवौं स्थानमा छ । 
 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार ८:२८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया