logo-img

बेलायतको ‘रेड लिस्ट’ बाट हट्यो नेपाल

बेलायतले नेपाललाई आगामी सोमबारबाट लागू हुने गरी रेड लिस्ट (रातो सूची) बाट हटाएको छ । 

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै बेलायतले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । बिहीबार बेलायत सरकारले ४७ देशलाई रातो सूचीबाट हटाएको हो । त्यसमा नेपाल पनि रहेको छ । रातो सूचीबाट हटेकोमा नेपालले खुसी व्यक्त गरेको छ । 

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ट्विटरमार्फत नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी दिएकी हुन् । बेलायतले अझै पनि पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकलाई भने रातो सूचीमा नै राखेको छ । 

नेपाललाई रातो सूचीबाट हटाएपछि बेलायत जाने नेपाली विद्यार्थी तथा यात्रुलाई सहज हुनेछ । 



 

 




 



  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया