पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अध्यक्ष रमिज राजाले भारतले आइसिसीको कोष बन्द गर्यो भने पिसिबी पूर्ण रूपमा बन्द हुनसक्ने बताएका छन् ।
राजाले एक बैठकका दौरान यस्तो बताएका हुन् ।
उनले भने, ‘पाकिस्तान क्रिकेट बोर्ड ५० प्रतिशत आइसिसीको कोषबाट चल्छ अनि आइसिसीलाई ९० प्रतिशत कोष भारतले दिन्छ । मलाई डर छ कि यदि भारतले आइसिसीलाई दिने कोष बन्द गर्यो भने पिसिबी पूर्ण रूपले खतम हुन सक्छ । पिसिबीले आइसिसीलाई जिरो प्रतिशत कोष दिने गर्दछ ।’
राजाले पिसिबीलाई मजबुत बनाउन प्रतिबद्ध रहेको पनि जनाएका छन् ।
गत महिना न्युजिल्यान्ड र इंग्लयान्डकाे क्रिकेट टिमले सुरक्षाका कारण पाकिस्तानकाे भ्रमण रद्द गरेकाे थियाे । पिसिबी आर्थिक तरिकाले मजबुत नभएकाले नै यस्ताे अवस्था आएकाे राजाले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।