डाँडाको वरपीपलको तेस्रो गीत सार्वजनिक

नेपाली कथानक चलचित्र ‘डाँडाको वरपीपल’ बडादसैंको फूलपाती अर्थात् यही असोज २६ गतेबाट सार्वजनिक हुने भएको छ । चलचित्र युनिटले चलचित्रको प्रचार पनि राम्रै गरिरहेको छ । प्रचारकै क्रममा चलचित्रको तेस्रो गीत सार्वजनिक गरिएको हाे ।

चलचित्रमा समावेश ‘तिमी साथमा हुँदा’बोलको गीत सार्वजनिक गरिएको हो । गीत सुगम पोखरेल र जीना रसाइलीले गाएका हुन् । नवराज गिरीले लेखेको गीतमा एलिस कार्कीले संगीत तथा संगीत संयोजन भरेका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा चलचित्रका शीर्ष कलाकार सलोन बस्नेत र रुबिना थापा फिचर्ड छन् । चलचित्रमा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

नवराज गिरीको लगानी रहेको फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र मित्रदेव गुरुङको सम्पादन छ । फिल्म तिहारमा ओटीटी प्लेटफर्ममा रिलिज हुनेछ ।





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार ११:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया