मन्त्री बन्न सबै कम्बिनेसन मिल्नुपर्छ, आजको परिस्थिति यहीं हो- मेटमणि चौधरी

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले मन्त्री बन्नका लागि सबै प्रकारका कम्बिनेसनहरू मिल्नुपर्ने बताएका छन् । 

माधव नेपालको नयाँ दलमा सक्रिय भएर लागेका चौधरी मन्त्री बन्ने हल्ला यसअघि चल्दै आएको थियो । अन्तिममा उनको नाम मन्त्री बन्नेको सूचीमा भने परेन । 

त्यसपछि उनले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘को मन्त्री बन्नु भयो ? को मन्त्री हुनु भएन ! मुख्य विषय होइन । मुख्य विषय प्रणाली जोगिएको छ । संवैधानिक सर्वाेच्च कायम भएको छ र कानुनी राज्यको स्थापना भएको छ । जहाँसम्म मन्त्री बन्ने संभावनाको कुरो – प्रतिनिधिसभाको सदस्यले त्यो चासो राख्छ र राख्नु पनि पर्दछ तर दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडीको लागि मन्त्री पद गौर विषय बन्न जान्छ ।’

मन्त्री बन्न सबै कम्बिनेसन मिल्नुपर्ने बताउँदै उनले भने, ‘फेरि मन्त्री हुने कुरो- सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्दछ । कहिलेकाही त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहीं नै हो ।’

अहिले आफूहरू कठिन मोडमा भएको भन्दै चौधरीले धैर्यधारण गर्न सबैलाई अनुराेध गरेका छन् । ‘हामी कठिन मोडमा छौं । यो घडीमा सबैमा धैर्यधारणको जरुरी छ । यसैले निर्णय गर्नुहुने नेतृत्वलाई अनावश्यक दवाब दिनु जरुरी छैन । पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरुरी छ । पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेस दिनु जरुरी देख्दैँन ।’ 

चौधरीले अघि भनेका छन्,‘ नेपालको लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा योगदानकाे लागि पहल गरौं । यो बीचमा मप्रति धेरै साथीहरूले सहानुभूति राख्नु भएको महसुस मैले गरेको छु । सबै महानुभावहरूप्रति हार्दिक नमन गर्न चाहन्छु र आगामी दिनमा पनि उच्च प्रकारको समन्वयको अपेक्षा पनि लिएको छु  । अन्तमा- मन्त्रीको सिफारिसमा पर्नु भएका सबै माननीयज्यूहरूको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु ।’
 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १३:२:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया