राष्ट्रिय फुटसल लिगको उपाधि स्पाेर्ट्स क्यासललाई

राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल पोखराले हात जित पारेको छ । 

स्पोर्ट्स क्यासलले शुक्रबार पोखराको बहुदेशीय कभर्डहलमा भएको फाइनलमा शंखमुल फुटसलमाथि ४-२ काे जित हात पारेको हो । 

प्रतिस्पर्धात्मक बनेको फाइनलमा स्पोर्ट्स क्यासललाई जित दिलाउन किशोर गुरुङले ह्याट्रिक पूरा गर्दा विजय गुरुङले १ गोल गरे । शंखमुलका लागि लक्ष्मण थापा मगर र मनी लामाले १-१ गोल फर्काए । 

जितसँगै स्पोर्ट्स क्यासलले १० लाख प्राप्त गर्दा उपविजेता बनेको शंखमुलले ५ लाखमा चित्त बुझायो। । 
 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १४:५५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया