माधव नेपाल र जीवन राईको पार्टी एकीकरण घोषणा, ६ असोजमै भएको थियो सम्झौता

नेकपा (एकीकृत समाजवादी) र नेकपा (एकीकृत)को एकीकरण घोषणा भइसकेको छ । 

गत असोज ६ गते नै यी दुई पार्टीबीच एकीकरण सम्झौता भएको थियो । यद्यपि सम्झौतापत्र भने आजमात्रै सार्वजनिक गरिएको छ । नेकपा एकीकृत समाजवादीको नेतृत्व माधव नेपालले गरेका छन् भने जीवन राईले नेकपा एकीकृतकाे नेतृत्व गरेका छन् ।

सम्झौतापत्रमा ८ बुँदे सहमति गरिएको छ । ८ बुँदे सहमतिअनुसार अब एकीकृत पार्टीको चुनाव चिन्ह कलम रहने भएको छ ।

राईले तत्कालीन नेकपामा  विवाद चर्किएपछि निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका थिए ।

 


 





  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १५:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया