साफ च्याम्पियनसिप : कसको स्थिति कति बलियो ?

हाल माल्दिभ्समा चलिरहेको साफ च्याम्पियनसिपमा दक्षिण एसियाका ५ वटा देश सहभागी छन् । भुटान र पाकिस्तान भने यसपटक सहभागी भएनन् । जसमा हाल २ खेलमा २ जितसहित नेपाल ६ अंक बटुलेर अंक तालिकाको शीर्ष स्थानमा छ । हालसम्म ६ वटा खेल भएका छन् । 

जारी प्रतियोगितामा नेपाल बलियो स्थितिमा देखिएको छ । नेपाल हालसम्म साफ च्याम्पियनसिपको फाइनल पुगेको छैन । तर यसपाली भने सुरुवाती दुई खेल जित्दै फाइनलको प्रबल दाबेदारका रुपमा आफूलाई उभ्याएको छ । 

श्रीलंका 

श्रीलंकाले यस संस्करणको साफ च्याम्पियनसिपमा ३ वटा खेल खेलेको छ । जसमा २ हार र १ बराबरी खेलेको हो । जसमा कारण श्रीलंका फाइनलमा नपुग्ने पक्का भइसकेको छ । यो टोलीले समूह चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्ससँग खेल्न बाँकी छ ।

श्रीलंकाले १९९५ मा घरेलु मैदानमा सम्पन्न भएको साफको उपाधि उचालेको थियो । त्यसअघि पहिलो संस्करण १९९३ मा पनि फाइनल खेलेको थियो । १९९५ पछि भने श्रीलंकाले साफको कुनै पनि फाइनल खेलेको छैन । 

भारत 



भारतका लागि साफ च्याम्पियनसिपमा यो संस्करण सबैभन्दा दुर्भाग्यशाली संस्करण सावित भएको छ । सन् १९९३ को पहिलो संस्करणमा जित हात पारे यता ११ पटकसम्म फाइनलको यात्रा तय गरेको भारतले यसपाली भने खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।

भारतले खेलेका दुईवटै खेलमा बराबरीमा रोकिदै अंक तालिकाको चौथो स्थानमा छ । भारत ७ पटकको च्याम्पियन हो । भारतले १९९७ नेपालमा आयोजना भएको, १९९९ भारतमा आयोजना भएको, २००५ पाकिस्तानमा भएको, २००९ बंगलादेश भएको र २०११ र १५ मा भारतमा नै आयोजना भएको साफ चयाम्पियनसिपको उपाधि जितेको थियो भने १९९५, २००८, २०१३ र २०१८ मा उपविजेता बनेको थियो । 



भारतले आफ्नो तेस्रो खेल आइतबार नेपालसँग खेल्नेछ । भारतलाई यो खेलमा जित निकाल्नैपर्ने दबाब छ । 

माल्दिभ्स

माल्दिभ्सले यस संस्करणमा २ खेल खेल्दा १ मा हार र १ मा जित निकालेको छ । माल्दिभ्स अंक तालिकाको तेस्रो स्थानमा छ । सन् २००८ र २०१८ को विजेता माल्दिभ्सको यसपटक पनि फाइनलमा पुग्ने सम्भावना जिवित छ । माल्दिभ्सले आइतबार श्रीलंकासँग खेल्नेछ । यो खेलमा जित हात पारे माल्दिभ्स फाइनल पुग्ने सम्भावना बलियो बन्नेछ। 

बंगलादेश

२००३ को साफ च्याम्पियनसिप विजेता बंगलादेश यस संस्करणमा अंक तालिकाको दोस्रो स्थानमा छ । समान १ जित, हार र बराबरको नजिता निकालेको छ । यस संस्करणमा मध्यम प्रदर्शन गरेको बंगलादेशले अन्तिम खेलमा नेपालको सामना गर्नेछ ।

उसलाई फाइनलमा स्थान बनाउन नेपालविरुद्ध जित निकाल्नु पर्नेछ । बंगलादेश १९९९ र २००५ को उपविजेता टोली हो । बंगलादेशले हालसम्म ३ पटक फाइनल खेलेको छ । 

नेपाल

नेपाल यसपाली उपाधिको दाबेदर टोली हो । हालसम्म एक पटक पनि साफको फाइनल नपुगेको नेपालले यसपटक भने बलियो सम्भावना देखाएको छ । नेपाल ६ पटक सेमिफाइनलबाट नै बाहिरिएको थियो ।

नेपालले १९९३, १९९५, १९९९, २०११, २०१३ र २०१८ को सेमिफाइनल खेलेको थियो । यसपटक भने केही फेरिएको रणनीतिअनुसार खेलिरहेको नेपालले उपाधि उचाल्ने लक्ष्य राखेको छ । नेपालले अब भारत र बंगलादेशसँग खेल्न बाँकी छ । 

नेपालले आइतबार भारतको सामना गर्नेछ । नेपालले यदी यो खेलमा भारतलाई पराजित गरेमा सिधै फाइनलमा स्थान बनाउने छ । 

  • प्रकाशित मिति : असोज २२, २०७८ शुक्रबार १९:१३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया