इपिएल : उपाधिका लागि चितवन र पोखरा भिड्दै

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनल आज (शनिबार) हुँदैछ ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् । खेल सवा १२ बजे सुरु हुनेछ ।

पहिलोपटक इपिएलको फाइनल प्रवेश गरेका दुवै टोली उपाधि लक्ष्यसहित मैदान उत्रिनेछन् ।

सोमपाल कामी कप्तान रहेको चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 

चितवनले समूह चरणमा पनि पोखरालाई पराजित गरेको थियो । आज पनि उ यही लयलाई कायम राख्ने सोचमा हुनेछ ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्सको चुनौतिलाई पार लगाउँदै फाइनल पुगेको हो ।



पोखरा पनि चितवनविरुद्ध हारको श्रृंखला अन्त्य गर्दै उपाधि उचाल्ने दाउमा हुनेछ ।
 
लिग विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् । 



  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार ६:५४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया