यस्तो रङ, जसले एयर कन्डिसनको आवश्यकता पूरा गर्छ

अमेरिकी वैज्ञानिकहरूले यस्तो एउटा रङ (पेन्ट) आविष्कार गरेका छन्, जसलाई प्रयोग गर्दा गर्मीमा एयर कन्डिसनको आवश्यकता नै पर्दैन । अमेरिकाको इन्डियाना पर्ड्यु युनिभर्सिटीले केही महिनाअघि संसारकै सबैभन्दा सेतो रङ तयार गरेको हो ।

यो सेतो रङ भवनहरुमा प्रयोग गर्नाले एयर कन्डिसनको जरुरत नरहनुका साथै उज्यालो पनि हुने वैज्ञानिकहरुको दाबी छ । यो रङलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सबैभन्दा सेतो रङका रूपमा दर्तासमेत गरिसकिएको छ । 

वैज्ञानिकहरूले यति सेतो रङ बनाउनुको उद्देश्य कुनै रेकर्ड तोड्नु नभएर ग्लोबल वार्मिङ रोक्नु रहेको बताएका छन् । युनिभर्सिटीका मेकानिकल इन्जिनियरिङका प्राध्यापक सिउलिन रुआन भन्छन्, ‘हामीले सात वर्षअघि यो योजना सुरु गरेका थियौं । हाम्रो दिमागमा बिजुली बचाउनु र ग्लोबल वार्मिङ कम गर्नेजस्ता कुरा थिए । त्यसपछि एक पेन्ट बनाउने विचार आयो, जसलाई भवनमा लगाउँदा सूर्यको किरण परावर्तित गरिदेओस् ।’ प्रा. रुआन यो पेन्ट एयर कन्डिसनरभन्दा बढी पावरपफुल रहेको दाबी गर्छन् । 

यसलाई यदि हजार स्क्वायर फुटको छतमा लगाइदिने हो भने १० किलोवाटबराबरको कुलिङ पावर उत्पन्न हुन्छ । घरहरूमा लगाइँदै आएको साधारण सेतो रङ चिसो हुनुको सट्टा तातो हुने गर्छ । त्यसले सतहलाई चिसो पार्न सक्दैन । युनिभर्सिटीका वैज्ञानिकहरूले आफूले आविष्कार गरेको सेतो रङ बजारमा बेच्न एक कम्पनीसँग कुराकानी पनि गरेका छन् ।

प्रा. रुआन भन्छन्, ‘यो पेन्ट एकदमै परावर्तक छ । यो निकै सेता छ । यसले ९८.१ प्रतिशत सोलर रेडियसन गर्छ र इन्फ्रारेड हिटलाई उत्सर्जित गरिदिन्छ । किनकि, यो रङले सूर्यले भन्दा निकै कम गर्मी अवशोषित गर्छ र उत्सर्जित पनि गर्छ । सतहमा यो रङ लगाउँदा भित्रको वातावरण ठण्डा पारिदिन्छ र विनाकुनै बिजुली खपत तापक्रमलाई सामान्य बनाइदिन्छ ।





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार ८:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया