दीपेन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’ ले रिलिज डेट पक्का गरेको छ । यो चलचित्र आगामी वर्षको बैशाख ३० गते रिलिज हुने भएको छ ।
तत्काल रिलिजका लागि चलचित्रको काम नसकिएको दीपेन्द्र बताउँछन् । चलचित्रको सम्पूर्ण काम सकेर फ्लोरमा लगाउन सकिने समयमा अन्य चलचित्रले रिलिज मिति घोषणा गरिसकेकाले पनि चलचित्र बैशाखमा रिलिज गर्ने तयारी गरेको दीपेन्द्रले बताए । ‘अरुले पहिला नै रिलिज फिक्स गरेको मितिमा चलचित्र जुधाउनु हुँदैन भनेर चलचित्रको रिलिज बैशाखमा पुगेको हो’ दीपेन्द्रले भने ।
दीपेन्द्रको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा शर्मिला पाण्डेले लगानी गरेकी हुन् । अभिनेत्री स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालले चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।