आठ हिमाली जिल्लाको अधिवेशन दसैँअघि नहुने, कार्यतालिका हेरफेरको तयारी

नेपाली कांग्रेसको २१ मध्ये आठ हिमाली जिल्लाको अधिवेशन दसैँअघि नहुने भएको छ । कांग्रेसले निर्वाचन कार्यतालिका फेरि संशोधनको तयारी गरेको छ । 

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले २१ मध्ये १३ जिल्लाको मात्रै अधिवेशन भएकाले कार्यतालिका संशोधन हुने बताए । ‘बाँकी आठ जिल्लाको अधिवेशन दसैंअघि हुने अवस्था छैन । दसैँ आई नै गयो र दसैँपछि गर्नेगरी कार्यतालिका संशोधन त गर्नैपर्ने भएको छ,’ श्रेष्ठले फरकधारसँग भने ।

दार्चुला, धादिङ, म्याग्दी, रसुवा, सोलुखुम्बु, सिन्धुपाल्चोक, डोल्पा र जुम्लाको जिल्ला अधिवेशन कार्यतालिका संशोधन हुने भएको हो । यीमध्ये रसुवाको त क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ । विवाद टुंगिएपछि मात्रै वडा तहको अधिवेशन हुन्छ ।

तर, केन्द्रीय निर्वाचन समितिले कहिले संशोधन गर्छ भन्ने टुंगो छैन । शुक्रबार बझाङको जिल्ला अधिवेशन सम्पन्न भएको छ । 

त्यसअघि बाजुरासहित रुकुमपूर्व, मनाङ, मुस्ताङ, मुगु, कालिकोट, गोरखा, संखुवासभा, दोलखा, रामेछाप, हुम्ला र ताप्लेजुङको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।
 





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १५:२२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया