हमाल कांग्रेसको कोटाबाट मन्त्री बनेका हुन्, होहल्ला गर्न आवश्यक छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्रबहादुर हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताएका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबन्डा गरियो भन्नु गलत भएको बताए । 

सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको पनि स्पष्ट पारे ।

लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय हिजो पनि आफूहरुले उठाएको र त्यसलाई पार लगाउने अध्यक्ष प्रचण्डको भनाइ छ । 

राष्ट्रिय सहमति र परिमार्जनबिना एमसिसी पास नहुने पनि उनले स्पष्ट पारे । प्रचण्डले सरकार कोरोना महामारी नियन्त्रणमा लागेको पनि बताए । 





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १५:४९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया