चितवनलाई पहिलो पटक इपिएलको उपाधि, फाइनलमा पोखरा ४ विकेटले पराजित

एभरेस्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको उपाधि चितवन टाइगर्सले जितेकाे छ । उसले फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै उपाधी हात पारेकाे हाे । 

पोखराले दिएको ११२ रनको सामान्य लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । उसका लागि भिम सार्कीले सर्वाधिक ६३ रन बनाए । १६ औँ ओभरको चौथो बलमा किशोर महतोले रित गौतमबाट क्याच गराउनुअघि उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । 

राजेश पुलामी मगरले १४, मोहम्मद शेहजादले ११ रनको योगदान दिए । २० रनमा ३ विकेट गुमाएको अवस्थामा भिम सार्की र दिलिप नाथले चौथो विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै चितवनको पारीलाई उकासेका थिए ।

१२ औँ ओभरको पहिलो बलमा किशोर महतोले लोकेश बमबाट क्याच गराउनुअघि दिलिपले १७ बलमा २ चौकाको मद्दले १८ रन प्रहार गरे । पोखराका लागि किशोर महतोले ४ र नन्दन यादवले २ विकेट हात पारे । 

यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १११ रन मात्र बनाएको थियो ।पोखराका लागि असेला गुणारत्नेले ३४, रिचर्ड लेभीले २६, कप्तान विनोद भन्डारीले २२ र विपिन रावलले १७ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

चितवनका कमलसिह ऐरीले ४, सेकुगे प्रशन्न र करिम जन्नतले २–२ विकेट हात पार्दा कप्तान सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए । पहिलो पटक लिग उपाधि हात पारेको चितवनले ट्रफी सहित ५० लाख प्राप्त गर्दा, उप विजेता बनेको पोखराले १५ लाख प्राप्त गर्यो ।





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १५:५७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया