बझाङमा पौडेल समूहको सर्मथनमा बोहरा निर्वाचित

नेपाली कांग्रेसको बझाङ जिल्ला सभापतिमा खडक बोहरा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी रमेशबहादुर भण्डारीलाई पराजित गर्दै बोहरा सभापतिमा निर्वाचित भएका हुन्। 

सभापतिमा निर्वाचित बोहराले ८ सय ७७ प्राप्त गर्दा भण्डारीले ५ सय ८ मत पाए । बझाङका कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह र पूर्वजिल्ला सभापति पृथ्वीबहादुर सिंहले भण्डारीलाई समर्थन गरेका थिए । 

बोहरालाई पूर्वराज्यमन्त्री अर्जुनजंगबहादुर सिंहसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू सत्यराज भण्डारी, सुरेश मल्ल, सांसद प्रकाश स्नेही रसाइली र संविधानसभा सदस्य चन्द्रा जोशीको साथ थियो ।

देउवा समूहकै दुईजना सभापतिका उम्मेदवार भएपछि बझाङ कांग्रेसमा नेतृत्व चयन रोमाञ्चक बनेको थियो । निर्वाचनमा कुल १ हजार ५ सय ९८ मतदातामध्ये १ हजार ४ सय ५ मत खसेको थियो ।





  • प्रकाशित मिति : असोज २३, २०७८ शनिबार १६:९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया