सुर्खेतबाट जुम्ला जाँदै गरेको बस दुर्घटना, १ जनाको मृत्यु

सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रुबाहक बस दैलेखमा दुर्घटना भएको छ । 

कर्णाली राजमार्ग अन्तर्गत दैलेख दुल्लु नगरपालिका–१ दारेभिर नजिकै दुर्घटना भएको हो । 

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको हो ।

सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै अनियन्त्रित भएर गएराति ८ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बसमा ३५ देखि ५० बीचमा यात्रु सवार रहेको बुझिएको छ । उक्त दुर्घटनामा ७ जना सामान्य घाइते भएका छन् ।





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार ७:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया