विश्वकप युरोपियन छनोट : इङ्ग्ल्यान्डको सहज जित

विश्वकप छनोट अन्तर्गत शनिबारराति भएको खेलमा इङ्ग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५–० को फराकिलो जित हात पारेको छ ।

इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्यामी अब्राहम, जेम्स वार्ड प्राउज र ज्याक ग्रेलिसले १–१ गोल गरे । 

खेलको १७औं मिनेटमा चिलवेलको गोलबाट इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो । उनले जाडोन सान्चोको पासमा गोल गरेका थिए । 
४०औं मिनेटमा फिल फोडेनको पासमा साकाले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए ।  

५९औं मिनेटमा सान्चोको पासमा अब्राहमले गोल गरेपछि इंग्ल्यान्डले खेलमा ३–० को अग्रता लिन सफल भयो । 

७९औं मिनेटमा प्राउजले पेनाल्टी चुकाएपनि रिवाउन्डमा गोल गर्दै इंग्ल्यान्डलाई ४–० ले अघि बढाए ।

८६औं मिनेटमा ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई फराकिलो जित दिलाए । उनले साम जोनस्टोनको पासमा गोल गरेका थिए ।



यो जितपछि समूह ‘आई’ मा अपराजित रहेको इंग्ल्यान्ड ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा पराजित एन्डोरा ३ अंकका साथ पाँचौ स्थानमा छ ।
छनोट अन्तर्गत शनिबारराति नै भएका अन्य खेलमा अस्ट्रियाले फारोइ आइसल्यान्डमाथि २–०, सर्बियाले लग्जेमबर्गमाथि १–० को जित हात पारे।
 



  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार ८:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया