विश्वकप युरोपियन छनोटमा पोल्यान्डको फराकिलो जित

विश्वकपको युरोपियन छनोटमा पोल्यान्डले सान मारिनोमाथि शानदार जित दर्ता गरेको छ । उसले घरेलु मैदानमा शनिबारराति भएको खेलमा सान मारिनोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

पोल्यान्डको जितमा कारोल स्वीर्डेस्की, थोमस केड्जिओरा, एडम बुस्का र क्रिस्टोफ पियाटेकले गोल गर्दा एक गोल उपहारस्वरुप पाएको थियो ।
वार्सजावामा घरेलु टोलीले खेलको १०औं मिनेटमा स्वीर्डेस्कीको गोलबाट अग्रता लिएको थियो । 

२०औं मिनेटमा क्रिस्टियन ब्रोलीले आत्मघाती गोल गरेपछि पोल्यान्डले अग्रता दोब्बर बनाएको थियो । ५० औं मिनेटमा केड्जिओराले गोल गर्दै टोलीलाई खेलमा ३–० ले अघि बढाए ।
८४औं मिनेटमा बुस्काले पोल्यान्डलाई ४–०को अवस्थामा ल्याए । थप गरिएको समयमा पियाटेकले गोल गर्दै टोलीको फराकिलो जित पक्का गरे ।
यो जितसँगै पोल्यान्ड ७ खेलबाट १४ अंक जोडेर समूह ‘आई’ को तेस्रो स्थानमा यथावत रहेको छ । लगातार ७ खेलमा पराजित सान मारिनो अंकबिहीन हुँदै पुछारमा छ ।
छनोट अन्तर्गत शनिबार नै भएका अन्य खेलमा स्वीडेनले कोसोभो र रिपब्लिक अफ आयरल्यान्डले अजरबैजानमाथि समान ३–० को जित दर्ता गरे । 
ग्रिसले जर्जिया तथा स्वीटजरल्यान्डले नर्दन आयरल्यान्डलाई समान २–० ले पराजित गर्दा युक्रेनले फिनल्यान्डलाई २–१ ले हरायो । 
 





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार ९:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया