हाजार्ड र लुकाकुले इटालीविरुद्धको खेल गुमाउने

बेल्जियम आइतबार हुने इटाली विरुद्धको खेलमा आफ्ना मुख्य खेलाडी रोमेलु लुकाकु र इडेन हाजार्ड बिना मैदान उत्रिने भएको छ । 

युइएफए नेसन्स लिग अन्तर्गत फ्रान्सविरुद्धको सेमिफाइनलमा चोट बोक्न पुगेपछि उनीहरु राष्ट्रिय टोलीबाट बाहिरिएका हुन् । 

बेल्यिमले युइएफ नेसन्स लिग अन्तर्गत तेस्रो स्थानको लागि हुने खेलमा आइतबार साँझ पौने ७ बजे घरेलु टोली इटालीको समाना गर्दैछ । 

सेमिफाइनलमा दुई गोलको अग्रता जोगाउन नसक्दा बेल्जियम फ्रान्ससँग ३–२ ले पराजित हुदै फाइनल पुग्नबाट वञ्चित बनेको थियो । 

इटाली सेमिफाइनलमा स्पेनसँग २–१ ले पराजित भएको थियो । 

बेल्जियमका प्रशिक्षक रोबर्टाे मार्टिनेजले लुकाकु र हाजार्ड चोट तथा फिटनेसका कारण टोलीमा नरहने पुष्टि गरेका छन् । 



‘उनीहरु खेल्नको लागि राम्रो अवस्थामा छैनन् । चोटका कारण नै उनीहरु राष्ट्रिय टोलीबाट बाहिरिएका हुन्,’ मार्टिनेजले भने ।
 



  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार ११:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया