अछाममा बम पट्किदा एक जना घाइते

अछाममा बम पट्किदा एक जना घाइते भएका छन् । 

रामारोशन गाउँपालिका–५ पातलमा खेतमा काम गर्ने क्रममा ग्रिनेट बम पट्किदा सोही ठाउँका ३३ बृख रोकाया घाइते भएका हुन ।

उनको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ । बम द्वन्द्वकालको समयको हुनसक्ने जिल्ला प्रहरी कार्यलय अछामका प्रहरीले प्रमुख तुलसी अर्याल बताए । 

उक्त क्षेत्रमा अरु पनि बम राखेको हुनसक्ने भन्दै डिस्पोजल टोली खटाइएको उनले बताए । 

घाइते अस्पतालमा पुगेपछि मात्रै घटनाको बारेमा जानकारी भएको थियो । तत्कालीन समयमा सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वका बेला सो क्षेत्र माओवादीको आश्रयस्थल थियो ।





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार ११:४७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया