साफ च्याम्पियनसिप : नेपालविरुद्ध जित्नै पर्ने दबाबमा भारत

नेपाल दक्षिण एसियाली फुटबलमा भारतले एकछत्र राज गर्दै आईरहेको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा भारतकै दबदबा छ । १२औं संस्करणसम्म भारतले ७ पटक उपाधि जितेको छ ।

१३औं संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना भईरहेको छ । साफ अन्तर्गत नै नेपालले आज (आइतबार) भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाल र भारत दुबैका लागि उत्तिकै महत्वपूर्ण रहेको छ । 

इतिहास पल्टाउदा नेपालविरुद्ध भारत सधै हाबी हुँदै आइरहेको छ । नेपालले हालसम्म भारतसँग आधिकारिक २१ खेल खेलेको छ । जसमा भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

छिमेकी भारत नेपालका लागि कडा प्रतिस्पर्धी त हो नै । नेपालले हालसम्म २१ पटक भारतीय टोलीको सामना गरिसकेको छ । नेपालले भारतलाई १९९३ र २०१३ को साफ च्याम्पियनसिपमा मात्र पराजित गरेको छ । 

१९९३ को खेलमा २–२ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा नेपालले भारतलाई पराजित गरेको थियो । भारतले नेपाललाई १४ खेलमा पराजित गरेको छ । पाँच खेल भने बराबरीमा सकिएका छन् । 

नेपाल र भारतको हालसम्मको खेल कस्तो ? 



नेपाल र भारतका राष्ट्रिय फुटबल टोली प्रायः साफ च्याम्पियनसिपमा भेट हुने गरेका छन् । यी टोलीले पहिलो पटक सन् १९८५ को साफ चाम्पियनसिपमा एकअर्काको सामना गरेका थिए । उक्त खेलमा नेपाल र भारत दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए । 

त्यस्तै, १९८५ को साफ गेममा भारतले नेपाललाई २–० ले पराजित गरेको थियो । १९८७ को साफमा पनि भारतले १–० को नतिजा निकालेको थियो । सन् १९८९ मा भएको खेलमा भारतले २–१ को जित निकालेको थियो । 



सन् १९९३ मा पनि भारतले १–० को जित निकालेको थियो । १९९३ साफ च्याम्पियनसिपमा भने २–२ को बराबरीमा पुगेपछि पेनाल्टी सुट आउटमा नेपालले भारतलाई पराजित गरेको थियो । 

१९९८ मा भएको एसियन गेम्समा पनि १–० ले भारतले जित हात पारेको थियो । १९९९ मा भएको साफ गेममा पनि भारतले ४–० को फराकिलो जित दर्ता ग¥यो । २००५ मा भएको साफ च्याम्पियनसिपमा २–१, २००८ मा ४–० र २००९ मा १–० ले नेपाल पराजित भयो ।

२०१२ मा भएको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो । २०१३ मा भएको साफ च्याम्पियनसिपमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । सोही वर्ष भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भारत नेपालमाथि हाबी भयो । भारतले नेपाललाई २–१ ले पराजित ग¥यो । 

त्यस्तै २०१५ मा भएको वर्ल्ड कप छनोटमा भारत अगाडि रह्यो भने दोस्रो खेलमा बराबरीमा रोकिएको थियो ।

२०१५ मा भएको साफ च्याम्पियनसिपमा पनि भारतले नेपाललाई ४–१ ले पराजित ग¥यो । २०१७ मा मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–० ले हरायो ।

यसैपाली नेपाल र भारतले ३ वर्षपछि दशरथ रंगशालामा मैत्रीपूर्ण खेलमा एक अर्काको सामना गरेका थिए । दुई खेलको मैत्रीपूर्ण सिरिजमा एक खेल बराबर हुँदा अर्को खेल भने भारतले आफ्नो नाममा दर्ता गरायो । 

पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकेको थियो । दोश्रो खेलमा भने भारतले २–१ को जित निकालेको थियो । 

के भन्छन् त प्रशिक्षकद्वय ?

आज राति हुने खेलको प्रिम्याच कन्फ्रेन्समा भारतीय प्रशिक्षक इगोर स्टिमेकले भने, ‘नेपाल विरुद्ध जित निकाल्नु भन्दा अर्को कुनै विकल्प रहने छैन ।’

उनले थपे, ‘हामी प्रतियोगिताबाट बाहिरिएका छैनौं । हामी यहाँ उपाधि जित्न आएका हौं ।’

अब्दुल्लाह अल्मुताइरीले सकिएको प्रिम्याच कन्फ्रेन्सलाई ‘पख’ भन्दै रोके र आफ्नो एउटा भनाइ बाँकी रहेको बताए । उनले भने, ‘के हुने हो मैदानमै हेरौं । सुनेको भन्दा देखेकोमै विश्वास गरौं । यो सन्देश कोही विशेषका लागि हो । हामीले उत्तर दिने भनेको मैदानमै हो, कुरा गरेर होइन ।’

नेपालको २ खेलबाट ६ अंक जोडेको छ । नेपाली टोली शीर्षस्थानमा छ । तर, नेपालका प्रशिक्षक अल्मुताइरी मान्छन्, दुई जितले केही पनि गर्दैन । नेपाली समर्थक त्यसमै धेरै खुसी हुन आवश्यक छैन, खासमा संयमित हुनुपर्छ । त्यसमाथि प्रतिद्वन्द्वी अरू होइन, भारत रहेको छ । 

अल्मुताइरीले भनेका छन्, ‘भारत निकै बलियो टिम हो । भारतीय फुटबलको इतिहास समृद्ध छ । भारत र नेपालको फुटबलबीच तुलना नै हुन्न । भारतीय प्रशिक्षक र मेरो पनि तुलना हुन्न ।’

अब्दुल्लाहले भने, ‘भारतीय प्रशिक्षक इगोर स्टिमेक विश्वकप खेलेका खेलाडी हुन् । तर मैले मेरो राष्ट्रका लागि एक खेल पनि खेल्न पाएको छैन ।’

त्यसैले उनले माले नेसनल स्टेडियममा हुने खेलमा नेपालको जितको सम्भावना एक प्रतिशतमात्र देख्छन्, बराबरी भने चार प्रतिशत । बाँकी ९५ प्रतिशत जितको सम्भावना भने भारतकै हो । 

उनी भारतीय फुटबललाई उच्च सम्मान गर्छन् । अल्मुताइरी भन्छन्, ‘तर, हामी भारतसँग पटक्कै डराउँदैनौं ।’


  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १४:२८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया