प्रदेश १ मा विपक्षी दलले सभामुखको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठकमा संविधान मिच्न प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी लागेको आरोप विपक्षी दलले लगाएको छ ।
प्रदेश सभाको बैठकमा बोल्दै नेकपा समाजवादी संसदीय दलका नेता राजेन्द्र राई र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले संबिधान मिच्न भण्डारी लागेको आरोप लगाएका हुन् ।
समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारको आयु बढाउन सभामुखले भूमिका खेलेको समेत बताए ।
मुख्यमन्त्रीले तीस दिनको समय वितिसक्दा पनि विश्वासको मत लिन नचाहेको बताए । उनले भने, ‘सरकारले नै भनेको तीस दिनको समय वितिसक्दा पनि विश्वासको मत लिएको छैन । विश्वासको मत लिनुपर्छ भनेर सभामुखले भन्नुको साटो सरकारसँगै मिलेर काम गरिरहनु भएको छ ।’
माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्वालेले बिशेष समयमा बोल्दै दशै तिहार भनेर सरकारको आयु लम्ब्याउन नपाइने बताए ।
सभामुख एमालेको मात्रै नभएर सवैको भएको जनाउँदै उनले सरकारले गरेको कामको सहि थप्दै जान सभामुखले नपाउने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।