रूपन्देहीमा सुकुम्बासीमाथि प्रहरीले गोली चलायो, ५ जना घाइते

रूपन्देहीमा प्रहरीले सुकुम्बासीमाथि गोली चलाएको छ । गोली लागेर पाँच जना घाइते भएका छन् । बुटवल उपमहानगर​पालिका – १४ को मोतीपुर औधोगिक क्षेत्रमा प्रहरीले गोली प्रहार गर्दा ५ जना घाइते भएका हुन् । घाइतेहरूको पहिचान खुलिसकेको छैन । 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले घाइतेहरूको बुटवलस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको फरकधारलाई जानकारी दिए । 

मोतीपुर औधोगिक क्षेत्र अहिले तनावग्रस्त छ । जुन ठाउँमा सुकुम्बासी वस्ती छ । सरकारी जग्गा अतिक्रमण गरेर घर टहरा जस्ता संरचना बनाएको भन्दै प्रहरीले हटाउन खोज्दा झडप भएको प्रहरी उपरीक्षक मनोज केसीले बताए ।





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १६:३९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया