मुख्यमन्त्री शाक्यको प्रस्तावपछि प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  विश्वासको मत लिने प्रस्ताव पेश गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ । नवौं अधिवेशनको दोस्रो बैठक स्थगित भएको हो । अब अर्को बैठक कात्तिक ४ गते दिउँसो १ बजे बस्नेछ ।  

आजको दोस्रो बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतको लागि प्रस्ताव पढेर सुनाउने वित्तिकै सभामुख सानुकुरमा श्रेष्ठले बैठक स्थगित गरेका हुन् । 

शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतको लागि प्रस्ताव पेश गरेकी थिइन् ।  

कार्यव्यवस्था परामर्श समितिमा दोस्रो बैठकमा विश्वासको मत लिने सहमतिलाई सभामुखले लत्याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरुले सभामुखको आलोचना गरेका छन् । 
 
आजको बैठकमा विश्वासको मत नलिएसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार दशैं पछि सम्म टिक्ने पक्का भएको छ । 





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १७:३३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया