स्पोर्ट्स एकेडेमी साँगा ‘सि’ डिभिजनमा बढुवा

काभ्रेपलान्चोकको स्पोर्ट्स एकेडेमी साँगा ‘सी’ डिभिजन लिगमा बढुवा भएको छ । आफ्नो अन्तिम खेलमा संयुक्त नमुना युवा क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै ‘सी’ डिभिजनमा उक्लिन सफल भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६३ औं मिनेटमा आदित्य कार्कीले गरेको एक मात्र गोल स्पोर्ट्स एकेडेमी साँगालाई ‘सि’ डिभिजनमा पुर्याउन पर्याप्त बन्यो । 

यसअघि सुर्खेतको आरसी–३२ फुटबल एकेडमी झापाको समाज सेवी क्लबलाई पेनाल्टी सुट आउटमा ५–३ ले पराजित गर्दै ‘सि’ डिभिजनमा उक्लिएको थियो । 
७८ टोलीको सहभागिता रहेको छनोटबाट ३ टोली ‘सि’ डिभिजनमा उक्लिने छन् । अब १ टोलीको टुङ्गो लाग्न बाँकी छ ।  





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार १७:५४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया