राष्ट्रपतिकाे हातमा विश्वकप ट्रफी

काठमाडाैं– विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीबारे राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी लिएकी छिन् । 

संयुक्त अरब इमिरेट्स (युएइ) बाट ९ कात्तिकमा नेपाल ल्याइएको ट्रफी आज शीतल निवास पुर्याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त पनि गरिन् ।

ट्रफी आजै चन्द्रागिरीमा प्रदर्शनीमा पनि राखिएको थियो । सोमबार वसन्तपुर दरबार स्क्वायरमा राखेर ट्रफी नेपाल बाहिर लगिनेछ । अन्य सात राष्ट्रमा पनि सो ट्रफी पुर्याइने आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिएकी छिन् ।

इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अहिले विभिन्न राष्ट्रमा प्रदर्शनीका लागि लगिएकाे हाे ।





  • प्रकाशित मिति : कात्तिक ११, २०७५ आइतबार २०:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया