तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई अपहरणको आरोप लगाएकी विमला लुम्बिनीकी राज्यमन्त्री

लुम्बिनी प्रदेशमा कुलप्रसाद केसीले मुख्यमन्त्री बनेको ६० औं दिनमा ६ मन्त्री र राज्यमन्त्री थपेका छन् । योसँगै लुम्बिनीमा अब मन्त्रिपरिषद् १७ सदस्यीय भएको छ ।

यसमा १३ मन्त्री र चार राज्यमन्त्री रहेका छन् ।

केन्द्रमा सत्तारुढ दलहरुको गठबन्धनकै आधारमा नेकपा एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत नपाएपछि केसी मुख्यमन्त्रीमा चयन भएका थिए ।

उनले आइतबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री थपेका छन् । त्यस्तै, माओवादी केन्द्रबाट दुई मन्त्री र दुई राज्यमन्त्री उनले तपेका हुन् ।

नेकपा एकीकृत समाजवादीबाट एक मन्त्री थपिएका छन् ।

आइतबार थपिएकी विमला खत्री वलीले स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेकी छिन् । पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङबाट तत्कालीन नेकपाबाट निर्वाचित भएकी हुन्, विमला । 



सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि वलीले १९ वैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् ।

यहीबीचमा उनले आफूलाई एमालेमा नै राख्न तत्कालीन मुख्यमन्त्रीकै योजनामा बन्धक बनाइएको आरोपसमेत लगाएकी थिइन् । उनले आफूलाई मुख्यमन्त्रीको सरकारी निवासमा बन्धक बनाएको आरोप लगाएकी थिइन् ।



अहिले पनि उनलाई एमालेले आफ्नै सांसद दाबी गरेको छ । तर, आफू माओवादी केन्द्रमा लागेको उनले बताइसकेकी छिन् । उनले माओवादी केन्द्र रोजे वापत राज्यमन्त्री भएकी हुन् ।

  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार २१:५२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया