युट्युबरले अभिनेत्रीको तस्वीर भाइरल बनाए, प्रहरीले मुद्दा हाल्यो

फिल्म अभिनेत्रीका तस्वीरहरु आपत्तिजनक बनाएर सामाजिक सन्जालमा भाइरल गरेको आरोपमा दिल्ली प्रहरीले एक युट्युबरविरुद्ध मुद्दा दायर गरेको छ । 

यो विषयमा ती अभिनेत्रीले प्रहरीमा उजुरी दिएकी थिइन् । दिल्ली प्रहरीले विभिन्न धारामा ती युवाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

भारतीय मिडियाका अनुसार ती अभिनेत्रीका तस्वीरलाई ती युट्युबरले विभिन्न सामाजिक सन्जालमा प्रयोग गरेका थिए । यीमध्ये केही तस्वीर भाइरल पनि भएका थिए ।

यसबारे अब कारवाही सुरु गर्ने दिल्ली प्रहरीले जनाएको छ । 

दिल्ली प्रहरीको यो कदमलाई भारतमा निकै धेरैले प्रशंसा गरेका छन् ।





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार २२:१६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया