प्रधानमन्त्री अाेली अस्पताल भर्ना
साेमबार बिहान ३ बजे प्रधानमन्त्री अाेलीलाई अस्पताल लगियाे, नेताहरु अाेली भेट्न अस्पतालमा

काठमाडाैं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई साेमबार बिहान ३ बजे अस्पताल पुर्याइएकाे थियाे ।

केही दिनयता स्वास्थ्यमा समस्या भएपछि अाेलीकाे प्रधानमन्त्री निवास बालुवाटारमा नै उपचार गरिरहिएकाे थियाे । साेमबार बिहान उनलाई अस्पतालमा पुर्याएपछि चिकित्सकहरुले अस्पतालकाे मनमोहन हार्ट सेन्टरमा राखेर उपचार गरिरहेकाे प्रधानमन्त्री कार्यालय स्राेतले जनाएकाे छ ।

स्वास्थ्यमा समस्या देखिएपछि अाेली अाफ्नै पार्टीले राखेकाे चियापानमा शनिबार सहभागि भएका थिएनन् ।

अाेलीकाे उपचारमा संलग्न चिकित्सकले उनलाई भाइरल ज्वराे भएकाे उल्लेख गरेका छन् । 'छातीमा पनि समस्या देखियाे,' उनकाे उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै प्रधानमन्त्री सचिवालयका एक सदस्यले फरकधारसँग भने, 'चिकित्सककै सामिप्यमा बसेर उपचार गर्दा राम्राे हाेला भनेर ल्याइएकाे हाे, प्रधानमन्त्रीकाे अवस्था सामन्य छ ।'

अाेलीलाई अस्पताल भर्ना गरेपछि उनलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साेमबार विहान अस्पताल पुगे । 'उहाँहरुबीच १५–२० मिनेट कुरा भयाे,' प्रचण्डका प्रेस संयाेजक विष्णु सापकाेटाले फरकधारलाई जानकारी दिए, 'प्रधानमन्त्रीले हेलचक्र्याईं नगराैँ, अस्पतालमा नै उपचार गराैँ भनेकाले अस्पताल लगिएकाे जानकारी दिनुभयाे । उहाँकाे स्वास्थ्य सुधाराेन्मुख छ ।'

प्रधानमन्त्री अाेलीलाई भेट्न नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पाैडेल, गृहमन्त्री रामबहादुर थापा, झलनाथ खनाललगायत अस्पताल पुगिसकेका छन् ।



अस्पतालले पत्रकार सम्मेलन गर्दै अाेलीकाे छातीमा समस्या देखिएकाे र शरीरमा चिनीको मात्रा असन्तुलन देखिएको जनाउँदै अब स्वास्थ्य अवस्था सामान्य रहेकेा जानकारी दिएकाे छ ।



  • प्रकाशित मिति : कात्तिक १२, २०७५ साेमबार ९:६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया