मिडियाप्रति मनोज गजुरेलको आक्रोश, भने,- काल्पनिक समाचार नलेखिदिनुहोला

चार वर्षअघि सम्बन्धविच्छेद गरेको हास्य कलाकार मनोज गजुरेल आजदेखि दोस्रो पटक वैवाहिक बन्धनमा बाँधिएका छन । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग दोस्रो विवाह गरेका हुन् । 

डोलेश्वर महादेव मन्दिरमा गएर सिन्दुर हालेका गजुरेलले मिडियासँग भने असन्तुष्टी व्यक्त गरेका छन् । विवाहबारे सामाजिक सञ्जालबाटै जानकारी गराएका गजुरेलले आफ्नो र पोखरेलको व्यक्तिगत जीवनबारे काल्पनिक समाचार नलेखिदिन अनुरोध गरेका छन् । 

हास्य कलाकार मनोज गजुरेलले गरे दोस्रो विवाह

आफ्नो र परिवार तथा सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाउन पनि अनुरोध गरे । पहिलो श्रीमती मीना ढकालसँग सम्बन्धविच्छेद भएपछि मिडियामा राम्रै स्थान मिलेको थियो । विशेषगरी युट्युब र फेसबुकमा मीनाले दिने अन्तर्वार्ता, समाचारलाई लिएर मनोज निकै पीडामा थिए । 

आफ्नोबारे आइरहेका अनावश्यक तथा कपोकल्पित समाचारविरुद्ध कानूनी लडाई लड्ने समेत उनले चेतावनी दिएका थिए । 

उनको परिवारको नाम जोडेर आउने भ्रामक समाचारका कारण आफु र आफ्नो छोराछोरीमाथि निकै नै मानसिक तनाव सिर्जना भएको गजुरेलको भनाइ छ । जसले गर्दा आफ्नो दोस्रो विवाह​बारे अनावश्यक समाचार नबनाइदिन अनुरोध गरेका हुन् । 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १४:१५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया