अष्ट्रेलियाको सिड्नीमा १०६ दिनपछि लकडाउन अन्त्य

अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन अन्त्य भएको छ । कोरोनाभाइरसको महामारीका कारण जारी गरिएको लकडाउन १०६ दिनपछि सोमबारदेखि लकडाउन अन्त्य भएको हो । 

अहिले महामारीको असर कम भएकाले लकडाउनको आवश्यकता नरहेको ठहर गदै अन्त्य गरिएको अधिकारीहरुले बताएका छन् । 

देशको सबैभन्दा ठूलो शहर मानिने सिड्नीमा झण्डै ५० लाख मानिस बसोबास गर्छन । लामो समयदेखिको लकडाउनका कारण धेरै मानिस प्रभावित बनेका थिए । 

सिड्नी समेत पर्ने न्यू साउथ वेल्स प्रदेशमा ७० प्रतिशतभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।  

झण्डै चार महिनापछि लकडाउन अन्त्य भएको पहिलो दिनलाई कतिपयले स्वतन्त्रता दिवसको संज्ञा पनि दिएका छन् । उनीहरुले लकडाउन अन्त्य भएपछि धेरै खुसीयाली र स्वतन्त्रताको अनुभूति भएको बताएका छन् । लकडाउन अन्त्य भएसँगै पसलहरु खुल्न थालेका छन् । पसल खुलेसँगै अधिकांश किनमेलका लागि निस्किएका छन् ।  

गत जुनदेखि सिड्नीका पसल, विद्यालय, सैलुन र कार्यालयहरु बन्द गरिएको थियो । अत्यावश्यक सेवा भने सञ्चालिन नै थिए । त्यसैगरी अत्यावश्यक सामग्री किनमेल गर्नका लागि पनि घरदेखि पाँच किलोमिटर भन्दा टाढा जान नपाइने व्यवस्था गरिएको थियो । 



महामारी नियन्त्रणका लागि अष्ट्रेलियाको केन्द्रीय र प्रदेश सरकारहरुले सिमानाका बन्द गर्ने, लकडाउन गर्ने, स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउने र तिव्र रुपमा कोरोना परीक्षण गराउने लगायतका कार्य गर्दै आएका थिए ।  



  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार १५:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया