logo-img

एनआरएनएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन स्थगित

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यही अक्टोबर २३ देखि २५ सम्म हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय  गरेको  छ ।  

आइतबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले ती कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको हो । भर्चुअल माध्यमबाट अध्यक्ष कुमार पन्तको सभापतित्वमा बैठक बसेको एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

एनआरएनएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल गरेपछि कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको थियो । 

‘मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितसँग  परामर्श गरी यथाशीघ्र  महाधिवेशनको नयाँ मिति तोक्ने  निर्णय बैठकले गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । 

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस  विशेष परिस्थितिमाथि  छलफल गरि  थप  निर्णय गरिने बताइएको छ । 





  • प्रकाशित मिति : असोज २५, २०७८ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया