logo-img

दसैंमा यसरी बनाउन सकिन्छ खसीको स्वादिलो परिकार

दसैं नेपालीहरुका लागि मीठो खाने, राम्रो लगाउने पर्व । दसैंमा हरेक नेपालीको घरमा गच्छे अनुसारको मीठोमसिनो पाक्ने गर्छ । दसैंमा विशेष गरेर हरेकको भान्छामा मासु पाक्ने गर्छ । दसैंमा विशेष गरेर खसीको मासुनै खाने चलन छ । प्रायः मानिसको घरमा खसी काट्ने हुनाले धेरैथरीका परिकार बनाउन सकिन्छ । 

खसीको पक्कु

खसीको पक्कु प्रायः घरमा पाक्ने गर्छ । सबैले आ–आफ्नै विधि र सामग्री अपनाउँछन् । 

पक्कुका लागि आवश्यक सामग्री



  • खसीको मासु आवश्यकता अनुसार
  • तोरीको तेल, मासुको परिमाणअनुसार
  • अदुवा लसुनको पेस्ट
  • जिरा, धनियाँको पाउडर
  • सुकुमेलको धुलो 
  • मरिचको धुलो
  • घ्यु
  • तेज पत्ता
  • नुन, स्वाद अनुसार ।

तयारी विधि



  • खसीको मासुलाई सानोसानो पिस गरेर काट्ने
  • तयार पारेको सबै मसला हालेर मज्जाले मोल्ने, अर्थात् मेरिनेट गर्ने । 
  • यसरी मेरिनेट गरेको मासु कम्तीमा आधा घण्टा छोपेर राख्ने ।
  • त्यसपछि बाक्लो पित्तलको कसौंडीमा मन्द आगोमा पकाउन सुरु गर्ने । बीचबीचमा मासु चलाइराख्नुपर्छ । 
  • पाक्दै जाँदा मासुको पानी सुक्दै जान्छ । अन्त्यमा घिउ राखेर चलाउने । त्यसपछि पक्कु तयार हुन्छ ।
  • पक्कु तयार भएपछि पनि १० मिनेट छोपेर राख्नुपर्छ । जसले पक्कुलाई स्वादिलो बनाउँछ । 

दसैंमा खसीको मासुको पक्कु बनाउने प्रचलन पुरानै हो । पहिलापहिला घरघरमा फ्रिज हुँदैनथ्यो, तर दसैंमा मासुको मात्रा धेरै हुन्थ्यो । त्यसैले मासु धेरै दिनसम्म नबिग्रियोस् भनेर पक्कु बनाउने गरिन्थ्यो । 



खसीको लेदोबेदो

​आवश्यक सामग्री 

  • मासु १ केजी (परिवारको आकार र आवश्यकता अनुसार मासुको परिमाण थप–घट गर्न सकिन्छ ।)
  • प्याज २ वटा
  • गोलभेँडा मध्यम आकारको २ वटा
  • दुई चम्चा अदुवा–लसुनको पेस्ट
  • एक चम्चा गरम मसला (ल्वाङ, सुकमेल, जाइफल, मरिच, दालचिनी)
  • एक चम्चा धनीयाँ, बेसार, खुर्सानी, जिराको धुलो
  • तीन चम्चा तोरीको तेल
  • एक मुठा धनियाको पात
  • आधा चम्चा टिमुरको धुलो
  • एक चम्चा मेथी 
  • नुन, स्वादअनुसार ।

तयारी विधि

  • कराईमा तोरीको तेल तताउनुहोस् । (भाँडाको प्रयोग गर्दा आफ्नो घरमा उपलब्ध भएको र आफ्नो चलन अनुसार प्रेसरकुकर, हाँडी, कसौडीको प्रयोग गर्न सक्नुहुन्छ ।)
  • तेल तातेपछि मेथी फुराउनुहोस् । त्यसपछि प्याज रातो पारेर भुट्नुहोस । 
  • प्याज राम्रोसँग भुटिएपछि एक चम्चा बेसार राख्नुहोस् । त्यसपछि तेजपत्ता हालेर राम्रोसँग चलाउनुहोस् । 
  • अब मासु राखेर त्यसलाई राम्रोसँग भुट्नुपर्छ । 
  • मासु भुट्ने क्रममा तयार पारेर राखेको मसला, स्वाद अनुसार नुन हाली मन्द आगोमा पकाउनु पर्छ । 
  • मासु राम्रोसँग भुटिएपछि गोलभेँडा हालेर राम्रोसँग पकाउनु पर्छ । अन्त्यमा माथिबाट हरियो धनियाँ राखिदिने । 
  • यति गरेपछि खसीको लेदोबेदो तयार हुन्छ ।
  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया