दसैंमा मासुकाे परिकारः यसरी बनाउनुहोस् भुटन

आवश्यक सामग्री 

एउटा खसीको सबै आन्द्राभुँडी, बेसार सानो चम्चाको दुई चम्चा, सुकेको खुर्सानीको धुलो एक चम्चा, तेल चार चम्चा, जिराको धुलो एक चम्चा, जिराको दाना एक चिम्टी, धनियाँको धुलो एक चम्चा, लसुनको लेदो एक चम्चा, अदुवाको लेदो एक चम्चा, नुन स्वादअनुसार ।

पकाउने विधि 

सबैभन्दा पहिले खसीको आन्द्राभुँडीलाई राम्रोसँग सफा गरेर एक चम्चा बेसार हालेर पाक्ने गरी उसिन्ने । त्यसपछि चिसो पानीले पखालेर ससाना टुक्रामा काट्ने । प्यानमा तेल तताएर जिराको दाना फुराउने र आन्द्राभुँडीका टुक्रालाई राम्रोसँग भुट्ने । पाँच मिनेट भुटेर त्यसमा नुन मसला राखी आन्द्राभुँडी पड्किने गरी भुट्ने । आन्द्राभुँडी खैरो हुन थालेपछि पाकेको सम्झनुपर्छ । यसलाई तातै खाँदा वास्तविक स्वाद लिन सकिन्छ ।


 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार ९:५६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया