नेपालका कोरोना संक्रमणदर निकै कम, फेरी बढ्ने सम्भावना कति ?

पछिल्लो दुई दिनयता नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर निकै कम देखिएको छ । आइतबार ५ प्रतिशतभन्दा कम देखिएको संक्रमणदर सोमबार भने केही बढेको थियो । 

पछिल्लो केही दिनयता कोरोना संक्रमण तीन अंकमा झरेको छ । साउनसम्ममा दैनिक ५ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका थिए । तर, अहिले पछिल्लो केही दिनदेखि संक्रमण एक हजार भन्दा कम देखिरहेको छ । 

आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५९६ जनामा सङ्क्रमण देखिएको थियो । जुन कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम थियो । त्यस्तै सोमबार १२ हजार १९५ जनामा कोरोना परीक्षण गर्दा ७८५ जनामा संक्रमण देखिएको थियो । त्यसअघि आइतबार पनि १२ हजार ४०४ जनामा परीक्षण गराउँदा ५९६ जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भदौको पहिलो साता ४० हजार ३३८ सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । 

कोरोना भाइरस विरुद्धको खोप, सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागु गर्न देखाएको तदारुकता र महामारी नियन्त्रणमा नेपाल सरकारले अख्तियार गरेको नीतिका कारण सङ्क्रमण घट्दै गएको देखिएको सहप्रवक्ता डा. अधिकारीको भनाइ छ । 

भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सख्या १५ हजार ९४२ पुगेको छ । सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको उनको भनाइ छ । 



यस्तै काठमाडौं उपत्यकामा पनि संक्रमण घटेको छ । उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा ७४ प्रतिशत भन्दा बढीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । भने ८१ प्रतिशतले पहिलो मात्रा लगाएका छन् । 

संक्रमणदर घटे पनि जोखिम भने कायमै रहेको उनको भनाइ छ । अहिलेसम्म अपनाउँदै आएको जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने, खोप लगाउने लगायतका सावधानी अपनाउन सकियो भने महामारीको अन्त्य गर्न सकिने डा. अधिकारीले बताए । 



  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १२:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया