सत्तारूढ तीन विद्यार्थी संगठनले भने,- 'तत्कालिन प्रधानमन्त्री केपी ओली र विष्णु पौडेलका कारण मोतीपुर रणमैदान बन्यो'

सत्तारूढ निकट तीन विद्यार्थी संगठनले रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनामा अघिल्लो सरकार जिम्मेवार रहेको जनाएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमार्फत उक्त घटना हुनुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताएका हुन् । 

घटनाको विरोध जनाउँदै घटना हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार र त्यसका अर्थमन्त्री विष्णु पौडेल जिम्मेवार रहेको बताए । 

तत्कालीन सरकारले गत फागुन २१ गते राज्य शक्तिको दुरूपयोग गरी औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगर्दै त्यहाँका जनतालाई लखेटेको कारण घटना भएको उनीहरूको आरोप छ ।  

उक्त घटनाका मुख्य दोषीलाई कडा कारवाहीको माग समेत गरेका छन् । साथै मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचार गर्न समेत सरकारसँग माग गरेका छन् । 

आइतबार मोतीपुरको औद्योगिक क्षेत्रमा सुकुम्बासी र सुरक्षाकर्मीबीच झडप भएको थियो । झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा ४ जनाको ज्यान गएको थियो । भने ५० जना भन्दा बढी सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका थिए ।  

उक्त क्षेत्रको सुकुम्बासी समस्याको दीर्घकालिन समाधान खोज्न समेत सरकारसँग माग गरेका छन् । 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १३:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया