बलिउड चलचित्र उचाई को छायांकनका लागि बलिउड टोली यतिबेला नेपालमा छ । अभिनेत्री परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी चलचित्रको छायांकनका लागि नेपाल आएका हुन् ।
नेपाली कलाकार पनि जोडिएको यो चलचित्र लुक्लामा छायांकन गरिएको छ । लुक्ला पुगेको बलिउडकर्मीको टोलीले नेपाली प्रकृतिको खुलेरै तारिफ गरेका छन् ।
परिणीतिले सगरमाथाको सेरोफेरोमा रहेको तस्बिर खिचाएकी छिन् । उनले सगरमाथासँग खिचाएका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेकी छिन् ।
तस्बिरमा उनी अनुपम खेरसँगै हिमाल हेर्दै गरेको देखिन्छ । तस्बिर सार्वजनिक गर्दै सगरमाथाले आफूलाई नम्रताको पाठ समेत सिकाएको बताएकी छिन् ।
उनले लेखेकी छिन्, 'गुड मर्निङ माउन्ट एभरेष्ट ! तिमीले मलाई आज नम्रताको पाठ सिकायौं ।'
यसअघि अनुपमले पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।
नेपालका पहाडी तथा हिमाली भेगका लुक्ला, नाम्चे, मनाङ लगायतका क्षेत्रमा छायांकन गरिनेछ । त्यसपछि भारतको मुम्बईमा समेत चलचित्रको छायांकन गरिनेछ । छायांकनका लागि १५० भन्दा बढी क्रु मेम्बर नेपाल आएका छन् ।
यो चलचित्रमा परिणीति, अनुपम खेर, बोमन इरानीका साथै अमिताभ बच्चन र सारिका हसनको समेत महत्वपूर्ण भूमिकामा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।