मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, १८ जना घाइते
फरकधार / २६ असोज, २०७८

मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिकास्थित पिनागाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 



दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बस सडकबाट करिब ३०० मिटर तल खसेको बताए ।

बस भीरबाट धेरै तल झरेकाले घाइतेको उद्धार तथा शव संकलनको काम भइरहेको प्रजिअ महतले बताए ।  दुर्घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ । 



  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १४:३८:५,   अन्तिम अपडेट : असोज २६, २०७८ मंगलबार १५:५१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया