जापानले हस्तान्तरण गर्यो स्वास्थ्य तालिम केन्द्र

जापानले नवनिर्मित स्वास्थ्य तालिम केन्द्र र आपत्कालिन आवास विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ । 

उक्त भवन जापान सरकारको १ लाख ७ हजार ८६० अमेरिकी डलर आर्थिक सहायतामा निर्माण गरिएको काठमाडौंस्थित जापानको दूतावासले जनाएको छ । 

ग्रासरुट ह्यूमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी) अन्तर्गत उक्त सहयोग नेपाललाई प्रदान गरिएको हो । 

तालिम केन्द्रको निर्माणले नेपाल–जापान कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास दूतावासले लिएको छ । 





  • प्रकाशित मिति : असोज २६, २०७८ मंगलबार १९:५९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया