अफगानिस्तानमा आर्थिक बिनास हुन नदिने जी–२० राष्ट्रको संकल्प

संसारका प्रमुख अर्थव्यवस्था भएका जी–२० सदस्यले अफगानिस्तान आर्थिक बिनास हुनबाट रोक्ने संकल्प गरेका छन् ।

जर्मन चान्सलर एञ्जेला मर्केलले देशलाई अराजकतामा धकेल्न नसकिने बताएकी छन् । संयुक्त राष्ट्रसंघले अफगानिस्तानको अर्थव्यवस्थामा अर्बौ रुपैयाँको सहयोग आवश्यक रहेको बताएपछि जी–२० का नेताहरुको भर्चुअल बैठक बसेको हो । 

अफगानिस्तानमा अहिले आपतकालीन सुविधा तथा औषधिका लागि करोडौंको सहयोग गइरहेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान देर लियेनले बैठकमा अफगानिस्तान र अफगानिस्तानी जनतालाई शरण दिएका छिमेकी देशलाई १ बिलियन युरो सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएकी छन् । 

जर्मन चान्सलर एञ्जेला मर्केलले ६०० मिलियन युरो सहयोग गर्ने बताइन् । 
 





  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार ११:३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया