दशैमा सीमा नजिकका भारतीय बजारमा नेपालीको भीड, नेपाली व्यापारीले आफूखुसी मूल्यबृद्धि गरेको गुनासो

दशैँको समयमा सोचेजस्तो व्यापार नहुँदा धनगढीका​ व्यापारीहरू चिन्तित भएका छन् । 

नेपालीहरुको महान चाड विजया दशमीको आगमनमा समेत धनगढी बजारमा चहल–पहल नहुँदा व्यापारीहरू चिन्तित देखिएका हुन् । 

चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार  घट्न थालेको स्थानीय व्यापारीहरू बताउँछन् । 

भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ । धनगढीका व्यापारी मदन कृष्ण भट्टका अनुसार विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरेपनि कोरोना महामारीपछि व्यावसाय  फस्टाउन सकेको छैन । उनले खुल्ला सीमानाकाका कारण व्यवसाय नै चौपट भएको गुनासो गरे । 

‘चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरु बढेसँगै धनगढी बजारमा व्यापार  घट्न थालेको छ । भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ, । विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गर्दथ्यो, तर कोरोना महामारीपछि सोचेजस्तो व्यापार हुन सकेको छैन,’ भट्टले भने । 

उपभोक्ता अञ्जु घिमिरेले भने नेपालको बजारमा व्यापारीले आफूखुशी भाउ बढाएपछि दशैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारी जाने गरेको बताइन् । उनले चाडवाड शुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गरेको समेत गुनासो गरिन् । 



‘नेपालको बजारमा व्यापारीले आफूखुशी भाउ बढाएपछि दशैँको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारी जाने गरेका छन् । चाडवाड शुरु भए लगत्तै व्यापारीहरूले आफैँ भाउ बढाउने गर्दछन्, बरु भारतको बजारमा सुपथ मूल्यमा सामान किन्न पाइन्छ ,’ घिमिरेले भनिन् । 

नेपाली बजारमा चाडबाडलाई लक्षित गरेर व्यापारीहरुले आफूखुशी भाउ बढाउन थालेपछि नेपालीहरु सीमापारी जाने गरेका हुन् । अहिले त्रिनगर नाकाका किनमेल गरेर नेपाल फर्किनेको लर्को लागेको उनले बताइन् ।



  • प्रकाशित मिति : असोज २७, २०७८ बुधबार १२:२०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया